समाचार
लङ्ग्री गाउँपालिका वडा नं. ३, जुतुङखोला
साबिकको सिर्प गाउँ विकास समिति वडा नं ३,५ र ७ लाई समायोजना गरि हालको लुङ्ग्री गाउँपालिका वडा नं. ३ बनाईएको हो। यस वडामा अधिकांश क्षेत्री तथा मगर समुदायको बसोबास रहेको छ। यस बाहेक ब्राहमण तथा दलित जातिको पनि बसोबास रहेको छ। यस वडाको वडा कार्यालय जुतुङखोलामा अवस्थित छ जसको उचाई समुन्द्र सतह देखि १३५२ मि. रहेको छ। मगर पहिरन यहाँको भेषभुषामा पर्दछ भने नेपाली भाषा नै यहाको मुल भाषामा हो।
राष्ट्रिय जनगणना २०७८ बमोजिम लुङ्ग्री गाउँपालिका वडा नं. ३ को जम्मा जनसंख्या र घरधुरी संख्या
जम्मा घरधुरी संख्या | जनसंख्या | घरको औसत आकार | लिंग अनुपात | ||
महिला | पुरुष | जम्मा | |||
५४८ | १३८५ | १५६५ | २९५० | ५.३८ | ८८.५० |
३ नं. वडा कार्यालय
वडाको सम्पर्क नं.:
9857871303
इमेल ठेगाना:
ward3.lungrimun@gmail.com